०१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक हिसाबले बुद्ध धर्मलाई दुरुपयोग गर्न खोजिएकाले त्यस्ता कार्यलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् ।
ललितपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने ओलीको भनाइ छ । उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए । वैरभाव पलायो भने बुद्धिजम नहुने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले बुद्ध धर्ममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताए । आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको बताए ।