|  

माओवादीको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भइसक्योः पार्वत गुरुङ 

०१ मंसिर, काठमाडौं । पूर्वसञ्चारमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) को हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर गरेका छन् ।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले माओवादी केन्द्र विकास विरोधी, अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टीको रुपमा चिनिएको बताए । माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएको र विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको दाबी छ ।

नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढ्नु परेको पनि बताए ।