१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् ।
कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपचुनाव हुन लागेको हो । उम्मेदवारी दर्ता भोलि आइतबार हुनेछ ।