०१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्नुपर्ने अवस्था रहेको बताएका छन् ।
आज ललितपुरमा आयोजित झापा-१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी जनाउँदै उनले यस्तो बताएका हुन् । खेलकुदले राष्ट्रलाई एकढिक्का बनाउन मद्दत गर्ने भन्दै राजनीतिले फरक-फरक ठाउँमा उभ्याएका व्यक्तिहरुलाई समेत खेलकुदले एकै ठाउँमा ल्याउनसक्ने बताए । राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु नहुने उनको भनाइ छ ।