|  

‘समाजवाद ल्याउन कम्युनिष्टबीच एकता आवश्यक’ : माधव  नेपाल

१ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्य आवश्यक  रहेको बताएका छन् । 

अक्टोबर क्रान्ति डेका अवसरमा नेकपा एकीकृत समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताएका हुन्‌ ।

नेपाललाई कम्युनिष्टहरूको उर्वर भूमिका रूपमा लिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै अघि बढिरहेको पनि दाबी गरे ।

नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास गरेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।