|  

तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु

२ मंसिर, काठमाडौं ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो ।

यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।