३ मंसिर, काठमाडौं । भारतीय अभिनेता प्रदीप सिंह रावत नेपाल आएका छन् ।
प्रदीप रावत शनिबार राति नेपाल आएका हुन् । उनीसँगै उनकी श्रीमती दक्षिण भारतीय सिनेमाकी अभिनेत्री कल्याणी पनि नेपाल आएकी छन् ।
बलिउड सिनेमा ‘गजनी’का भिलेन प्रदीपले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । चलचित्र ‘ह्रस्व दीर्घ’मा उनले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मालगायत कलाकारको अभिनय छ ।