|  

आजदेखि जनकपुरधामका शैक्षिक संस्था अनिश्चितकालीन बन्द

३ मंसिर, काठमाडौं । जनकपुरधामको संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चित समयका लागि बन्द भएको छ ।

हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरुको माग छ ।

सो निर्णय अनुसारको शुल्कमा पढाउन नसकिने बताउँदै संगठनहरुले यसअघि १३ भदौ २०८१ मा उपमहानगरपालिकाको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णयनुसार नै लिन पाउनु पर्ने माग गरेको छ ।