४ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार ५१.११ अंकले घटेको छ । आज सेयर बजार १.८५ प्रतिशतले घटेर २७०२.६५ विन्दुमा पुगेको छ ।
आज सेयर बजार घटेसँगै कारोबार पनि घटेको छ । आज १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ बारबारको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएको छ ।
आज २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३१० वटा कम्पनी १ लाख ५ हजार ८२७ पटक किनबेच भएको छ ।