|  

अदालत परिसरमा विष सेवन गरेपछि एक युवती पक्राउ

०५ मंसिर, काठमाडौं । काठमाडौं अदालत परिसरमा विष सेवन गरेपछि बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन् ।

उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप छ । नेकपा एमालेका युवा नेता ऐन महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो ।

आज पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने-सामुने भएकी थिइन । प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरीले जनाएको छ । उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको थियो ।