|  

जनताको सेवा नै सबैभन्दा माथि राख्नुपर्नेमा गृहमन्त्री लेखकको जोड

०५ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । हालको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडि बढ्नु पर्ने भन्दै उनले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागि परेको जिकिर गरे । अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भएकाले पनि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताए । 

उनले भने, ‘चुनाव लड्दा हामी आ-आफ्नो पार्टीको झण्डा लिएर जान्छौ । चुनाव तिजतिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ । अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ, त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ ।’