|  

​​​​​​​सरकारबाट हटेपछि प्रचण्डले विभिन्न चालबाजी अपनाउँदै छनः एमाले 

०५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभिन्न चालबाजीमा लागेको टिप्पणी गरेका छन् ।

आज एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्ति तिकडमका संकेत भएको बताएका हुन । उनले भनेका छन्, ‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउँदै छन भन्ने देखाएको छ ।’

६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस र एमाले भएको दाबी गर्दै उनले अराजकता मौलायो भने भ्याकुमभित्र अलोकतान्त्रिक तत्वले खेल्ने बताए । उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने पनि बताए । उनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारको संकेत देखिएको दावी समेत गरे।े सरकारले एकपछि अर्को गर्दै सुशासनको पक्षमा कदम चालेको उनको जिकिर छ ।  देश बन्दैन भनेर सामाजिक अराजकता फैलाएर जनतामा निराशा छर्ने प्रयास भएको उपमहासचिव ज्ञवालीले आरोप लगाए । उनले अराजकता र अस्थिरता चाहनेहरू एकठाउँ आउन खोजेको भन्दै दुर्गा प्रसाईको फेक डकुमेन्ट प्रकरण पछिल्लो उदाहरण भएको बताए ।