०५ मंसिर, काठमाडौं । न्याय परिषद्को बैठक अहिले केहिबेरमा बस्दैछ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश र उच्च अदालतका रिक्त १७ न्यायाधीशको नियुक्ति र सिफारिसका बारेमा छलफल गर्न परिषद्को बैठक बोलाएका हुन । उनी प्रधानन्यायाधीश भएपछि यो दोस्रो पटक औपचारिक परिषद्को बैठक हो । यसअघि अनौपचारिक रूपमा केही छलफल भएको र आज औपचारिक रूपमा बैठक बोलाइएको परिषद्का एक सदस्यले जानकारी दिए ।
हाल सर्वोच्च अदालतमा १७ जना न्यायाधीश छन । संविधान अनुसार २१ जना स्थायी न्यायाधीशको दरबन्दी भएको सर्वोच्चमा लामो समयदेखि न्यायाधीश रिक्त हुँदै आएको छ । यसअघि सर्वोच्चमा ६ जनाको पद रिक्त रहेको थियो । संसदीय सुनुवाइमा रोकिएका दुई न्यायाधीशको अनुमोदन हुँदै सिफारिस भएपछि रिक्त संख्या ४ मा झरेको थियो ।