०५ मंसिर, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु शाहले भ्रष्टाचारी र घुसखोरलाई जनताले नै जनकारबाही गर्नुपर्ने बताएका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा भ्रष्टाचार र घुसखोरी बढदै गईरहेको र त्यसलाई सरकारले संस्थागत गरिरहेको आरोप पनि लगाए । मुलुकमा विभिन्न ठुलठुल्ला भ्रष्टाचारका काण्ड बाहिर आए पनि सरकारले भ्रष्ट, लुटेरालाई अझै कारबाही नगरेको उनले बताए । गीरिबन्धु, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, टेरामक्स, वाईडवडीदेखी लिएर विभिन्न घोटाला र भ्रष्टाचारका काण्ड बाहिर आएको भए पनि सरकारले कारबाही नगरी संरक्षण गरेको आजपा अध्यक्ष साहले आरोप लगाएका छन् ।