०५ मंसिर, काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।
सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताहरुले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन । सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रकम अवैध तरिकाले ल्याइएको पाइएको छ । सो सहारा सहकारी ठगी प्रकरणमा कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसमेत तानिएका छन् । सहारा सहकारीका बचतकर्ताहरुले यसअघि नै जाहेरी दिएका थिए । अहिले १० जनाविरुद्ध पुरक जाहेरी दर्ता गराएका हुन । लामिछाने र जोशी पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीमा ठगीमा अनुसन्धान भइरहेको छ ।