|  

पाँच दिने भ्रमणका लागि नेपाल आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

५ मंसिर, काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आएका छन् । पाँच दिने भ्रमणका लागि उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

सेनाध्यक्ष द्विवेदीलाई भोलि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

द्धिवेदीको भ्रमणको अवधि मङ्सिर ९ गतेसम्म रहनेछ । भ्रमणका दौरान सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उहाँले टुँडिखेलको सैनिक मञ्चस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यतालिका पनि छ । द्विवेदीले गत १ नोभेम्बरदेखि भारतीय स्थल सेनाको २९औं प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

Image