६ मंसिर, काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।