६ मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ, प्याज १०७.६७ रुपैयाँ, मटरकोशा १३५ रुपैयाँ, स्थानीय काउली ११५ रुपैयाँ, ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।