|  

एमालेको जागरण सभाका कमाण्डर भट्टराई कम्बोडिया प्रस्थान

६ मंसिर, काठमाडौं ।  नेकपा एमालेको जागरण सभाका संयोजक राजन भट्टराई कम्बोडिया प्रस्थान गरेका छन् ।

पार्टीले मंसिर ७ गते काठमाडौँमा तय गरेको जागरण सभा छाडेर उनी गएराति कम्बोडिया प्रस्थान गरेका हुन् ।

बुधबार साँझ भट्टराई भट्टराईले फेसबुकमार्फत बिहीबारदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागी हुनुपर्ने भएकोले त्यसतर्फ गएको बताएका छन् ।

मंसिर ७ कार्यक्रमको जिम्मेवारी अब नेता कैलाश ढुङ्गेलले सम्हाल्ने उनको भनाइ छ ।