६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएको छ ।
रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरेको हो ।
केही दिन अघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ओलीको कम्बोडियामा लगानी रहेको भन्दै एक विवादास्पद भिडियो सार्वजनिक गरेका थिए ।