६ मंसिर, काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले र्याली निकालेको हो ।
ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्याली माइतीघर मण्डलासम्म पुग्ने छ । र्यालीमा अभियन्ता सुमन सायमी लगायत छन् ।