६ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
आज स्वर्गीय ढुंगानाको निवासमा पुगेर राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।
पूर्वसभामुख ढुंगानाको गत आइतबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो ।