६ मंसिर, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी आज स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।