|  

 ‘पूर्णबहादुरको सारङ्गी’ले कमायो ३७ करोड

६ मंसिर, काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ ।

प्रदर्शनको सुरुदेखिनै आक्रमक कमाई गरिरहेको फिल्मले स्वदेशी बक्सअफिसमा मंगलबारसम्म ३७ करोडको व्यवसाय गरेको स्रोतले जनाएको छ । फिल्मको बुधबारको कमाई आउन बाँकी छ ।

बुधबार फिल्मले करिब एक करोड बढी व्यवसाय गरेको अनुमान गरिएको छ । फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय