६ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् ।
आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले आजसम्म पनि मन्त्री हेरफेर गर्ने कुरामा कुनै छलफल नभएको बताए ।
प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने उनले बताए । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’उनले भने ।