|  

प्रधानसेनापति सिग्देल र  भारतीय स्थल सेनाध्यक्ष द्विवेदीबिच वार्ता

६ मंसिर, काठमाडौं ।  प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीबिच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ ।

वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको स्रोतले जनाएको छ । त्यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले उनको सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए ।

त्यसअवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए । सो क्रममा भारतीय स्थल सेनाध्यक्षले सैनिक मञ्च टुँडिखेल रहेको वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।