|  

छविलाल जोशीलाई जिल्ला सरकारी वकिलको कार्यालय लगियो

०६ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ।

उनलाई बयानका लागि मंगलबार पोखराबाट काठमाडौँ ल्याइएको थियो । जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।