०६ मंसिर, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो औल्याएका छन् ।
जलवायुसम्बन्धी एशिया प्रशान्त क्षेत्रस्तरीय ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री खड्काले यस्ता मञ्चहरुलाई क्रियाशील रणनीतिको निर्माण तथा जनमुखी सुशासन प्रवद्र्धन गर्न प्रयोग गनुपर्ने बताउँदै दीगो विकासका सन्दर्भमा सबै एकजुट हुनुपर्ने बताए । सम्मेलनमा २३ देशका विज्ञहरुको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा बहस र छलफल भएको थियो । उक्त छलफलबाट आएका सुझावलाई ग्रहण गर्न आफू तयार रहेको उनको भनाई छ ।