०६ मंसिर, काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा राजस्व संकलन बढेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले राजस्व वृद्धि भएको हो । गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्षको चार महिनामा भने ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८१र८२ को वार्षिक राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको छ । यो लक्ष्य भनेको गत आर्थिक वर्षको यथार्थ असुलीको तुलनामा करिब ३४ प्रतिशतको वृद्धि हो ।
चालू वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कात्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ । यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६।८५ प्रतिशत वृद्धि बढी हो ।