|  

कांग्रेस सांसद शर्माले दिए जापानीज सांसद कुबोटालाई लुम्बिनी भ्रमणको निम्तो 

०६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्मा र जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयाबीच भेटवार्ता भएको छ ।

जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटवार्ता भएको हो। भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको र त्यो जनस्तरसम्म पुगेको भन्दै दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ बनाउन दुवै देशका सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । सांसद शर्माले जापानले नेपालको विकासमा ठुलो गरेको सहयोग गरेको बताउँदै जापान नेपालको ठूलो विकास साझेदार देश रहेकोले उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग आग्रह गरेका छन् । दुई सांसद बिचको भेटमा सांसद कुबोटालाई शर्माले बुद्धको देश नेपालमा स्वागत गर्न आफु आतुर रहेको बताए ।