०७ मंसिर, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडीमा बिपी राजमार्गमा जेसिबी र मोटरसाईकल ठोकिँदा १ जना गम्भीर घाईते भएका छन् ।
घाइते हुनेमा मोटरसाईकल चालक कमलामाई नगरपालिका वडा नम्बर २ निबुवाटारका २२ वर्षीया साजन श्रेष्ठ रहेका छन् । गोलन्जोर गाउँपालिकाको ग्वाल्टारबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ क १३३९ नं.को जेसिबी र सिन्धुली बजारबाट ढुग्रेबासतर्फ जाँदै गरेको प्र.२-०२-००५ प ४८८९ नं. को पल्सर मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । गम्भीर घाईते मोटरसाईकल चालकको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । जेसिवी चालक मरीण गाउँपालिका ७ का २५ बर्षिया नबिन माझीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।