७ मंसिर, काठमाडौं । भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध अमेरिकी न्याय मन्त्रालयले घुस दिएको र ठगीसम्बन्धी मुद्दा दायर गरेको छ ।
अदानी र उनका सात सहयोगीविरुद्ध न्युयोर्कको अदालतमा आरोपपत्र दायर गरिएको हो । यसैबीच यस विषयमा ह्वाइट हाउसले प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन–पियरेले भनेका छन्– ‘हामीहरू यी आरोपबारे सचेत छौं ।
अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) र न्याय मन्त्रालय डीओजीले मात्र यी आरोपहरूबारे थप जानकारी दिन सक्नेछन् ।’
गौतम अदानीले आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५० मिलियन डलर घुस लिएको आरोप लागेको छ। अदानी समूहले आरोप अस्वीकार गर्दै निराधार भएको दाबी गरेको छ।