|  

रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल

७ मंसिर, काठमाडौं ।  रुसले उत्तर कोरियालाई १० लाख ब्यारेल तेल दिएको छ ।

यो वर्षको मार्चयता रुसले उत्तर कोरियालाई १० लाख ब्यारेल तेल दिएको स्रोतले जनाएको छ । युक्रेनमा युद्धका लागि उत्तर कोरियाले पठाएको हातहतियार र सेनाको सट्टामा रुसले तेलमा भुक्तानी गरेको विज्ञहरूले बताएका छन् ।

यसरी उत्तर कोरियालाई तेल दिनु संयुक्त राष्ट्र संघ (यूएन)को प्रतिबन्धको उल्लङ्घन हो । यूएनले देशहरूलाई उत्तर कोरियालाई तेल दिनबाट रोक लगाएको छ ।

सानो परिणाममा भने रोक छैन । रुसको सुदूर पूर्वको तेल भन्डारमा एक दर्जनभन्दा बढी तेल बोक्न उत्तर कोरियाली ट्याङ्कर आइरहेको देखिन्छ ।