|  

मिनबहादुर गुरुङले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ मा

७ मंसिर, काठमाडौं ।   व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको रिट आज हेर्न नभ्याइनेमा परेको हो ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

 

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।