|  

सौर्यमन्डल बाहिर भेटियो अहिलेसम्म कान्छो ग्रह

७ मंसिर, काठमाडौं । सौर्यमण्डल बाहिर अहिलेसम्मकै कान्छो ग्रह भेटिएको छ । यो ग्रहको उमेर ३० लाख वर्ष मात्रै भएको बताइएको छ ।

वैज्ञानिकहरूले यस ग्रहलाई आईआरएएस ०४१२५ं२९०२ नामाकरण गरेका छन् । यो ग्रह पृथ्वीबाट ४३० प्रकाश वर्ष टाढा आणविक बादलको ताराहरूको एउटा नर्सरी नजिक रहेको छ ।

युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका म्याडिसन जी बार्बरको नेतृत्वमा ग्रहहरूमाथि गरिएको अनुसन्धानमा यो शिशु ग्रहबारे पत्ता लागेको हो । 

तर, यस ग्रहको बाहिरी पत्र देख्नमा अलि खस्रो देखिन्छन् । यस्तो लाग्छ कि यो ग्रह कुनै ठुलो ग्रहसँग ठोक्किएको होस् ।