|  

आगामी चुनावसम्म गठबन्धन कायम रहन्छः प्रधानमन्त्री ओली

०७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् ।

नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जगारण सभालाई सम्बोधन गर्दै उनले सरकारले बहुमत नपाउने, दशैँ देख्न नपाउने तिहारी पछि ढल्ने बताइएको भएपनि सरकार चलिरहेको बताए । उनले आफू २०८३ को असारसम्म प्रधानमन्त्री बन्ने र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरे ।
एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएपनि अहिले देशलाई अराजकतातर्फ लान खोजिएको, लोकतन्त्रलाई समाप्त पार्न खोजिएपछि प्रतिस्पर्धा भन्दा एकतालाई महत्त्व दिँदै एक भएको उनले जिकिर पनि गरे । उनले एमाले देशको पहरेदारको रुपमा रहेको भन्दै अहिलेको समीकरणलाई कसैले हल्लाउन नसक्ने बताए ।