|  

एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ होः महासचिव पोखरेल

०७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन् ।

जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सत्तामा भएका दलहरु जनतामा जाने विषय सामान्य भएको भन्दै उनले सत्तामा रहेर सभा गर्न नमिल्ने भन्ने टिप्पणी नगर्न आग्रह गरे । उनले एमाले जनताको पार्टी भएकोले जनतामा जाने निर्णय गरेको बताएका थिए । महासचिव पोखरेलले एमालेले अहिले देशमा देखिएको निराशालाई चिर्न नेतृत्व गर्ने बताउँदै पार्टी र नेतृत्वलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने प्रयास गरिएको बताएका थिए ।