|  

केही व्यक्तिको कमजोरीले सिङ्गो सहकारी क्षेत्र बदनाम भएको छः मुख्यमन्त्री पाण्डे

०७ मंसिर, काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताएका छन् ।

जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको बताएका हुन् । सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको उनको भनाई छ । मुख्यमन्त्री पाण्डेले सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएको भन्दै जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताए । प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताए ।