|  

चालु आवको पहिलो चार महिनामा १३.४ अर्ब बराबरको स्मार्टफोन आयात

०७ मंसिर, काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु.१३.४ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ ।

विभागले आज सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालले ८ लाख २७ हजार ९२५ युनिट स्मार्टफोन आयात गरेको हो । यसमा सबैभन्दा बढी चीनबाट रु.९.१९ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ । यो कुल मोबाइल आयातको लगभग दुई-तिहाई हो। भारतबाट रु. ४.०२ अर्ब बराबरको स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ ।

सरकारले स्मार्टफोन आयातबाट रु. २.४९ अर्ब राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १८.३ लाख युनिट स्मार्टफोन आयात भएको थियो ।