०७ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सहर डिनिप्रोमा बिहीबार बिहान भएको हमला युक्रेनी आक्रमणको जवाफ भएको बताएका छन ।
योसँगै पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशलाई सीधा चेतावनी समेत दिँदै भनेका छन्, ‘युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएको लामो दुरीका हतियार र मिसाइलले रुसी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको थियो । बिहीबार डिनिप्रोमा भएको रुसी आक्रमण त्यसको प्रतिक्रिया थियो । रुसले त्यस्ता उद्देश्यका लागि आफ्नो हतियार प्रयोग गर्न अनुमति दिने देशहरूको सैन्य आधार शिविरमा पनि आक्रमण गर्न सक्छ ।’
यो क्षेप्यास्त्र १० म्याक अर्थात २ दशमलव ५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो ।