|  

तीन देशका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

०७ मंसिर, काठमाडौं । नेपालका लागि विभिन्न तीन देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।

राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । समारोहमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटाले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।