७ मंसिर, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामा गृहमन्त्री रमेश लेखकले हस्ताक्षेर गरेका छन्।
नयाँ ऐनको मस्यौदा अब बस्ने मन्त्रिपरिषद बैठकमा पेश हुनेछ। संसदमा छलफलका लागि पेश गर्न मन्त्रिपरिषदबाट स्वीकृतिका लागि लैजान लागिएको हो।
मन्त्रिपरिषदबाट स्वीकृति भए अब बस्ने संसदमा पेश गर्ने गृहमन्त्री लेखकको तयारी छ। नयाँ ऐनमा दुवै प्रहरीका धेरै व्यवस्था परिवर्तन गर्न लागिएको छ। दुवै प्रहरीका उच्च अधिकारीहरुको उमेर हद बढाइने छ भने ३० वर्षे सेवा अवधि पनि दुवै प्रहरीमा हट्ने छ।
उमेर हद र ३० वर्षे सेवा अवधिका काराण प्रहरीका उच्च अधिकारीहरु छिटो अवकास हुँदै आएका थिए। यसलाई रोक्न ऐनमै नयाँ व्यवस्था गर्न लागिएको हो। यस्तै तल्लो दर्जाका प्रहरीले १६ वर्षमै पेन्सन पाउने भएका छन्। १६ वर्ष जागिरमा रहेर राजीनामा दिने प्रहरीले पेन्सन पाउने छन्। तर उनीहरुले पेन्सन भने २० वर्ष भएपछि मात्रै पाउने गरी ऐन ल्याउन लागिएको हो।