८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमार्फत मस्कसँग भर्चुअल कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न इच्छा देखाइरहेका छन्।ओली र मस्कबीचको वार्तामा के कुराकानी भयो खुलाइएको छैन।