|  

जथाभाबी फोहरमैला गरेको भन्दै बालेनले गराए एमालेलाई १ लाख जरिवाना

८ मंसिर, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले नेकपा (एमाले)लाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् ।

मंसिर ७ गते ‘काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गर्दै महानगरले जरिवाना तिर्न एमालेलाई भनेको छ।

सत्तारूढ दल एमालेको शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो ।  

b