|  

विश्वकै अग्ली र होची महिलाबीच भेट

८ मंसिर, काठमाडौं ।  विश्वकै सबभन्दा अग्ली महिला र विश्वकै होची महिलाबीच भेट भएको छ ।

‘गिनिज वर्ल्ड रेकर्ड्स’ को वार्षिकोत्सवका अवसरमा लन्डनमा हालै यी दुईको पहिलोचोटि भेट भएको हो । गिनिज वर्ल्ड रेकर्ड्सले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार रूमेसा गेल्गी र ज्योति आम्गे दिउँसो चियापानका लागि लन्डनको सभोय होटलमा भेटेका थिए ।

गेल्गी २१५१६ सेन्टिमिटर (७ फिट ०.७ इन्च) अग्ली छिन् भने आम्गेको उचाइ ६२.८ सेन्टिमिटर (२ फिट ०.७ इन्च) मात्रै छ ।
२७ वर्षीया गेल्गी पेसाले वेब–डिजाइनर हुन् । सन् २०२१ मा गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई आधिकारिक रूपमा विश्वकै अग्ली जीवित महिला घोषणा गरेको थियो ।

सबभन्दा ठूला हात (२४.९३ सेन्टिमिटर)हुने महिला, सबभन्दा लामो पिठ्युँ (५९.९ सेन्टिमिटर) हुने जीवित महिला र सबभन्दा लामा कान (औसत ९.५८ सेन्टिमिटरं हुने महिलाका कीर्तिमान पनि उनकै नाममा छन् ।

आम्गे भने भारतको नागपुरमा जन्मेकी हुन् । उनी सन् २०११ मा विश्वकै होची महिला घोषित भएकी थिइन्।३० वर्षीया आम्गे अभिनेत्री र मिडिया व्यक्तित्व हुन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय छिन्।