०८ मंसिर, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको झापास्थित घर अगाडि शङ्कास्पद बस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली त्यसतर्फ जाँदैछ ।
हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको भनिएको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ । उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।