८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शनिबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट भएको हो । उक्त भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ ।