|  

प्रधानमन्त्री ओलीका बुबाको स्वास्थ्यमा समस्या

०८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएको छ ।

फोक्सोसम्बन्धी समस्या देखिएपछि उनी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीले फेशबुकमा लेखेका छन्,‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।’ उनले अहिले स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् ।