८ मंसिर, काठमाडौं । फिल्म ‘परालको आगो’ माअभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् ।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । यस फिल्ममा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् ।
फिल्म ‘ए मेरो हजुर ३’बाट डेब्यु गरेकी सुहानाले पहिलोपटक घरबाहिरको फिल्ममा काम गर्न लागेकी हुन् ।फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । आगामी वर्ष २०८२ को दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा सुशील देवकोटाको लेखन रहनेछ ।