|  

अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारत ४६ रनले  अगाडि

८ मंसिर, काठमाडौं ।  भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट खेलको पहिलो इनिंगमा ४६ रनको अग्रता लिएको छ ।

अस्ट्रेलिया पहिलो इनिंगमा १०४ रनमा अल आउट भएसंगै भारतले अस्ट्रेलियाविरुद्ध ४६ रनको अग्रता लिएको हो । यस अघि भारतले आफ्नो पहिलो इनिंगमा १५० रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्बाधिक २६ रन बनाए भने एलेक्स केरीले २१ रन बनाएका थिए । 

त्यस्तै अस्ट्रेलियाको ब्याटिंग लाइनलाई ध्वस्त बनाउनेक्रममा भारतीय बलर जसप्रित बमराहले ५ विकेट लिएका थिए भने हर्षित रानाले ३ र मोहमद सिराजले २ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाउदा अल आउट भएको थियो । 

यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् । c